झापामा ओलीले अधिकारीलाई बीच बाटोमा अलपत्र पारे


“
झापा,मंसिर २३ । प्रतिनिधि सभाको जारी मत गणनामा झापाका सबै क्षेत्रमा बाम गठबन्धनले अग्रता लिइरहेको छ ।
पछिल्लो मत परिणामअनुसार वाम गठबन्धनले निर्वाचन झापाको क्षेत्र नं १ मा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार रहेका पूर्व सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले १४ हजार ७७४ मत र उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका विश्वप्रकाश शर्माले १३ हजार ९४९ मत प्राप्त गरेका छन् ।
निर्वाचन क्षेत्र नं २ मा वाम गठबन्धनका उम्मेदवार पवित्रा निरौला (खरेल) ले १५ हजार ८०४ तथा नेकाका उद्धव थापाले १२ हजार १६६ मत प्राप्त गर्नुभएको छ ।
क्षेत्र नं ३ मा वाम गठबन्धनका राप्रपा महामन्त्री राजेन्द्रकुमार लिङदेनले १८ हजार हजार १८२ तथा उनका निकटतम् प्रतिद्धन्द्धी कृष्णप्रसाद सिटौलाले १२ हजार ४८३ मत प्राप्त गरेका छन् ।
यसैगरी, क्षेत्र नं ४ मा वाम गठबन्धनका एल पी सावाले २१ हजार ४४० र नेकाका देउमान थेवेले १३ हजार ६४९ मत प्राप्त गरेका छन् ।
त्यस्तै,क्षेत्र नं ५ मा वाम गठबन्धनका उम्मेदवार नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १्८ हजार २३५ र उनका प्रतिस्पर्धी काँग्रेसका प्राध्यापक डा.खगेन्द्र अधिकारीले आठ हजार ७ सय ५१ मत प्राप्त गरेका छन् ।
“
