कास्कीको प्रदेशसभामा काँग्रेसका थापा बिजयी

मंसिर २३, पोखरा । बिहिवार सम्मपन्न दोस्रो चरण अन्तरगत सम्पन्न भएको निर्वाचनमा कास्की क्षेत्र नम्वर २ को प्रदेश सभा ख मा काँग्रेसका उमेदवार बिन्दु कुमार थापा बिजयी भएका छन्।

उनले १० हजार ७ सय २६ मत ल्याएर बिजयी भएका हुन्। उनका निकट्तम प्रतिद्धन्दी बामगठबन्धनका साझा उमेदवार रहेका माओवादीका राजकाजी गुरुङले ९ हजार ९ सय २४ मत प्राप्त गरेका छन्।

थापा र गुरुङबीचको मतान्तर ८ सय २ रहेको छ। बिजयी थापा पोखरा उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष समेत हुन्। थापाले पोखरामा रहेर लामोसमयदेखि रियलस्टेट र अटो ब्यबसाय गर्दै आएका छन्। उनको क्षेत्रमा काँग्रेसका नरेश शंकर पालिखे बगी उमेदार समेत थिए। तर, थापाले बागी उमेदवार र बामगठबन्धनका उमेदवारहरुलाई पराजित गर्दै बाजी मारेका छन्।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *