सुनसरी ३ मा मतान्तर बढाउँदै भगवती चौधरी

मंसिर २३, सुनसरी । सुनसरी जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं ३ मा वाम गठबन्धनकी उम्मेदवार भगवती चौधरीले कांग्रेस उम्मेदवार एवं उप प्रधानमन्त्री विजयकुमार गच्छदारलार्इ झन् झन् पछि पार्दै गएकी छन् ।

बाम गठबन्धनकी चौधरीले २०६९ मतअन्तरले गच्छदारलाई पछाडी पारेकी हुन् । चौधरीले ८५९८ मत ल्याउँदा गच्छदारले ६५२९ मत प्राप्त गरेका छन् ।

बहुदलिय व्यवस्था स्थापनापछि लगातार चुनाव जित्दै र सत्तामा निरन्तर बस्दै आएका बहालवाला उपप्रधानमन्त्री गच्छदारको चुनावी क्षेत्र भएकाले सुनसरी ३ विशेष चासो र चर्चाको क्षेत्र बनेको छ । याे क्षेत्रबाट दाेस्राे संविधान सभा निर्वाचनमा नेतृ चाैधरीले नै गच्छदारलार्इ अाच्छु अाच्छु पारेकी थिइन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *