नवलपरासी पूर्वमा शशांकलाई तीन हजार मतको अग्रता

“
मंसिर २३, नवलपरासी । प्रतिनिधिसभा सदस्यको नवलपरासी (बर्दघाट सुस्ता) पूर्व–१ मा नेपाली काँग्रेसका उम्मेदवार डा. शशांक कोइराला ६ हजार ७५८ मतका साथ अग्रस्थानमा रहेका छन् ।
यहाँ वाम गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का भविश्वर पराजुलीले तीन हजार ७ सय ७३ मत प्राप्त गरेका छन् । नवलपरासी (बर्दघाट सुस्ता) पूर्व २ मा नेपाली काँग्रेसका उम्मेदवार विष्णु कार्कीले तीन हजार ९ सय ९४ मत प्राप्त गरी अग्रस्थानमा रहेका छन् ।
यहाँ वाम गठबन्धनका उम्मेदवार नेकपा (एमाले)का तिलक महतले तीन हजार ५०३ मत प्राप्त गरेका छन् । नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम १ मा वाम गठबन्धनका उम्मेदवार हृदयेश त्रिपाठी आठ हजार १२८ मतका साथ अग्रस्थानमा रहेका छन् ।
यहाँ नेपाली काँग्रेसका देवकरण कलवारले सात हजार ३४२ मत प्राप्त गरेका छन् । यसैगरी नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम २ मा नेपाली काँग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेलले पाँच हजार २१६ मतका साथ अग्रस्थानमा रहेका छन् । यहाँ वाम गठबन्धनका उम्मेदवार धनश्याम यादवले तीन हजार ५ सय ४८ मत प्राप्त गरेका छन् ।
“








