राष्ट्रिय सभा गृह बाहिर बदाम चपाउँदै भित्र हेर्ने ति नयन……..
“
काठमाडौँ, मंसिर २३ । हाल राष्ट्रिय सभा गृहमा प्रतिनिधिसभातर्फ काठमाडौँ क्षेत्र नम्बर–२ को मात्र मत परिणाम आउन बाँकी रहेको छ ।
१,२ र ४ नम्बर क्षेत्रको मत परिणाम सार्वजनिक भएपनि ३ नम्बर क्षेत्रको मत परिणाम सार्वजनिक भएको छैन । तर, त्यहाँका निर्वाचन अधिृकतका अनुसार केही बेरमै मत परिणाम सार्वजनिक हुने बताइन्छ ।
सो क्षेत्रमा बाम गठबन्धनबाट एमालेका माधव कुमार नेपाल र काँग्रेसबाट दिपक प्रसाद कुइकेल र विवेकशिल साझाबाट सूर्य राज आचार्य उम्मेद्वार रहेका छन् ।
हालसम्म नेपाल अग्र स्थानमा रहेका छन् नेपालले हालसम्म १९१८० ल्याएका छन् भने काँग्रेसका कुइकेलले १०७१५ र विवेकशिल साझाका आचार्यले ५६६८ मत ल्याउन सफल भएका छन् । यस क्षेत्रमा जम्मा ७४७४८ मतदाताहरु रहेका छन् ।
उक्त मत परिणामअनुसार एमालेका उम्मेद्वार नेपालको जित निश्चित भइसकेको भन्दै एमाले समर्थित कार्यकर्ताहरु भने सभा गृह बाहिर फुट पाथे व्यापार (नरिवल, चटपटे बदाम ) व्यवसाय पनि राम्रै फस्टाएको छ । जाडो समय भएकोले बदाम व्यापारीले राम्रै व्यापार गरेका छन् । त्यहाँ उपस्थित कार्यकर्ता, सर्वसाधारणलेले बदाम चपाउँदै,मोबाइल खेलाउँदै सभा गृह भित्र आँखा लगाइरहेका देखिन्छन् ।
“