अशोक राईलाई, जय कुमार राईले भारी मतान्तरले पछाडि पार्दै

२०७४ जेठ १५ गते

“मङ्सिर २३, धरान । सुनसरी १ मा संघिय समाजवादी फोरमका नेता अशोक राईलाई एमालेका नेता जय कुमार राईले भारी मतान्तरले पछाडि पारीरहेका छन् ।
एमालेका जयकुमा राई संसफोका अशोक राई भन्दा ४ हजार ९ सय ३७ मतले अगाडी रहेका छन् । उनले ९,४२४ मत प्राप्त गरेका छन् भने अशोक राईले ४,४८७ मत प्राप्त गरेका छन् ।
त्यस्तै सुनसरी १ क धरान क्षेत्रमा पनि एमालेका प्रदिप भण्डारीले अग्रता लिइरहेका छन् । भण्डारीले ७,५५६ र कांग्रेसका किशोर राईले ६,००१ मत प्राप्त गरेका छन् ।”

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित