दाङ २ बाट एमाले नेता शंकर पोख्रेल विजयी

दाङ, मंसिर २३ । नेकपा एमालेका नेता शंकर पोख्रेललाइ मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । दाङको क्षेत्र नम्बर २ को प्रदेशसभा क बाट शंकर पोख्रेल २० हजार ७ सय २३ मतसहित विजयी हुनुभएको हो ।उहाँका प्रतिष्पर्धी काँग्रेसका कमलकिशोर शर्मा घिमिरेले ११ हजार १ सय ७२ मत मात्र ल्याउनुभयो ।

दाङ क्षेत्र नम्बर २ बाट नै उठ्ने तयारी गरेका पोख्रेललाई प्रदेश नम्बर ५ को मुख्यमन्त्री बनाउने भनेपछि उहाँ त्यो क्षेत्र माओवादीका कृष्ण बहादुर महरालाई छाड्न तयार हुनुभएको थियो ।

पोख्रेलले प्र्रतिनिधिसभाको क्षेत्र नम्बर २ छाड्न नमानेपछि उहाँलाई मुख्यमन्त्री बनाउने सहमती भएको थियो । सहमती अनुसार २ नम्बरमा माओवादीका कृष्ण बहादुर महरालाई बामले उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *