मोरङ –१ बाट एमालेका घनश्याम खतिवडा विजयी

२०७४ जेठ १५ गते

“
विराटनगर, मंसिर २३ । मोरङ क्षेत्र नं १बाट नेकपा (एमाले)का उम्मेदवार घनश्याम खतिवडा विजयी हुनुभएको छ । खतिवडाले ३७ हजार ५२४ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डिगबहादुर लिम्बूले ३१ हजार ४३६ मत प्राप्त गर्नुभएको छ ।
मोरङमा अहिलेसम्म तीन क्षेत्रको नतिजा सार्वजनिक हुँदा सबैमा नेकपा (एमाले) विजयी भएको छ । यसअघि मोरङ क्षेत्र नं ६ बाट लालबाबु पण्डित र क्षेत्र नं ३ बाट भानुभक्त ढकाल विजयी हुनुभएको छ । मोरङका क्षेत्र नं २, ४ र ५ मा मतगणना जारी छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित