कैलाली १ मा प्रहरीको फरार सूचीमा रहेका रेशम चौधरीको अग्रता कायमै
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
“
काठमाडौं, मंसिर २३ । कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा तर्फ राष्ट्रिय जनता पार्टीका उमेदवरा रेशम चौधरीले अग्रता कायमै राखेका छन् । प्रहरीको फरार सूचीमा रहेका चौधरीले दुई हजार ३७३ मतका साथ अग्रतालाई कायम राखेका हुन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार गरिमा शाहले ४९९ ल्याउँदा तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी नेतृ ईश्वरी न्यौपानेले ३६४ मत प्राप्त गरेकी छन् ।
क्षेत्र नम्बर १ मा अगाडि रहेका चौधरीमाथि टीकापुर घटनाको षडयन्त्र बुनेको आरोप लागेको छ । भूमीगत शैलीमा लुकेर बस्दै आएका चौधरीले वारेशमार्फत उमेदवारी दर्ता गराएका थिए ।
“
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित