धनकुटामा राजेन्द्र राईकाे अग्रता कायमै

मङ्सिर २२, धनकुटा । धनकुटामा वाम गठबनधनका उम्मेदवार राजेन्द्र राईले आफ्नो अग्रतालाई कायम राखेका छन् ।

राईले १३००१ मत पाउँदै अग्रता कायम गरेका छन् उनले मतगणना प्रारम्भ भएदेखि नै अग्रता लिएका थिए ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का सुनीलबहादुर थापाले ८०३१ मत पाएका छन् ।

थापा उद्योग मन्त्री तथा राप्रपा प्रजातान्त्रिकका महामन्त्री हुन् भने राई गत स्थानीय निकायको निर्वाचनमा जिल्लाको सातै स्थानीय तहमा जित हात पारेर चर्चा कमाएका व्यक्ति हुन् । उनलाई नेकपा एमालेले म्यान अफ दी इलेक्सनको उपाधी दिएको थियो ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *