तनहुँमा पौडेल पछि पर्दा गोरखामा बाबुरामको अग्रता कायमै

मंसिर २२, काठमाडाैं । तनहुँ प्रतिनिधिसभा १ मा कांग्रेसका रामचन्द्र पौडेलविरुद्ध नेकपा एमालेका कृष्णकुमार श्रेष्ठ ‘किसान’को मतान्तर  बढ्दै गएको छ । पछिल्लो मत परिणाम अनुसार पौडेल र श्रेष्ठबिच १२ सय ९१ मत अन्तर छ । नेकपा एमालेका ‘किसान’ले ५ हजार ६०६ प्राप्त गर्नुभयो । त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले ४ हजार ३१५ मत प्राप्त गर्नुभयो ।

यता गोरखाको पछिल्लो मतपरिणाम अनुसार बाबुराम भट्टराई नारायणकाजी श्रेष्ठभन्दा २ हजार ४७६ मतले अगाडि हुनुहुन्छ । मतपरिणाम अनुसार भट्टराई १४ हजार ३६७ मत ल्याएर अगाडि हुनुहुन्छ भने नारायणकाजीले बाबुरामलाई पछ्याउदै ११ हजार ८९१ मत प्राप्त गर्नुभएको छ ।

गोरखामा सुरुवाती चरणमा भने श्रेष्ठ अगाडि हुनुहुन्थ्योे । सर्वाधिक चर्चामा रहेको गोरखा २ मा भट्टराई र श्रेष्ठको बीच निकै कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *