कञ्चनपुरका तीनवटै क्षेत्रमा वाम गठबन्धनको अग्रता

भीमदत्तनगर, २२ मंसिर । प्रारम्भिक मतगणना अनुसार कञ्चनपुरमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिइरहेका छन् । क्षेत्र नं १ मा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का बिना मगरले एक हजार २३ र नेपाली काँग्रेसका दिवानसिंह विष्टले ३७७ मत प्राप्त गर्नुभएको छ ।

क्षेत्र नं २ मा वाम गठबन्धनबाट नेकपा (एमाले)का नरबहादुर धाँमीले एक हजार १६३ र काँग्रेसका उम्मेदवार नारायण प्रकाश साउँदले ८४७ मत प्राप्त गर्नु भएको छ ।

क्षेत्र नं ३ मा वाम गठबन्धनका डा दीपकप्रकाश भट्टले ९४७ र काँग्रेसका उम्मेदवार रमेश लेखकले ८९० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हालसम्म प्राप्त जानकारी अनुसार यहाँका अधिकांश प्रदेशसभामा पनि वाम गठबन्धनकै उम्मेदवारले अग्रता लिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *