सुनसरी ३ मा गच्छदार भन्दा भगवती चौधरी अगाडी

मंसिर २२, सुनसरी । सुनसरी जिल्लाको प्रतिनिधि सभा क्षेत्र नंं २ र ३ को ताजा मत परिणाम प्राप्त भएको छ । बहुचर्चित सुनसरी ३ मा गच्छदारलाई भगवती चौधरीले ४ सय ५७ मतले लिड गरिरहेकी छन् । प्राप्त परिणाम अनुसार बाम गठबन्धनका उम्मेदवार भगवती चौधरीले १६४८ मत प्राप्त गरेकी छन् भने उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार विजय गच्छदारले ११९१ मत प्राप्त गरेका छन् ।

सुनसरी ३ मा वहालवाला उपप्रधानमन्त्री विजयकुमार गच्छदार र महिला नेत्री भगवती चौधरीको प्रतिष्पर्धा भएकोले रोचक भएको छ । दलका कार्यकर्ताहरु मतगणना भइरहेको स्थल सुनसरी जिल्ला समन्वय समिति अगाडि सडकमा प्राप्त मत सुन्न आतुर भएर बसेका छन ।

यता, सुनसरीकै क्षेत्र न. २ मा लोकतान्त्रिक गठबन्धनका हेमकर्ण पौडेलले ११३० मत प्राप्त गरेका छन् भने वाम गठबन्धनका हिमाल सुवेदीले ९२९ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा दुई हजार ५ सय ३५ मत गणना गर्दा एक सय ६३ मत बदर भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *