रामहरिलाई यज्ञराजले ‘रिङ आउट’ नगर्दै अमिरबाबुले खेल जिते

ओखलढुङ्गा,मंसिर २२ । रोचक प्रतिस्पर्धाका साथमा ओखलढुङ्गाको मत गणना अन्तिम अवस्था पुगेकोे छ ।

प्रतिनिधि सभा प्रत्यक्षका लागि बाम गठबन्धनबाट उम्मेद्वार रहेका यज्ञ राज सुनुवारले आफ्ना प्रतिस्पर्धी तथा काँग्रेसका उम्मेद्वार रामहरि खतिवडालाई पाखा लगाउँदै गएका छन् । प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरण मंसिर १० गते सम्पन्न भएको मतदानले हिजो शुक्रबारदेखि मूर्त रुप लिन थालेसँगै मत गणना तीव्र गतिमा बढेको थियो ।

 

हालसम्मको मत परिणाम अनुसार बाम गठबन्धनका साझा उमेद्वार एमालेका यज्ञराज सुनुवारले २० हजार ५ सय ५६ मत प्राप्त गरेर अग्रता कायमै राखेका छन् भने नेपाली कांग्रेसका उमेदवार रामहरि खतिवडाले १८ हजार ६ सय १३ मात्रै मत प्राप्त गर्दै सुनुवारलाई पछ्याइरहेका छन् ।

यता, ओखलढुङगा– क्षेत्र नं. ‘१’ को प्रदेश ‘क’ तर्फ बामगठबन्धनका उमेद्वार अमिरबाबु गुरुङ विजयको नजिक पुगिसकेका छन् भने उनलाई चौतर्फी बधाइको ओइरो आइरहेको छ । हाल खिजिदेम्बा गाउपालिकाको मतगणना सम्पन्न भइनसकेको हुनाले उनको औपचारिक जितको घोषणा हुन बाँकी रहेको पूर्व सांसद हर्कबोल राईले बताए । गुरुङले आफ्ना प्रतिद्वन्द्वी कांग्रेसका मित्रसेन दाहाललाई ६ हजार भन्दा बढि मतले पछाडी पार्दै जितको नजिक पुगेका छन् ।

पूर्व सांसद राईका अनुसार सो गाउँपालिकामा अब गणना हुन बाकी मत २ हजार १ सय ३५ रहेको छ । उनले प्रतिनिधि र प्रदेश सभाका तीनै स्थानमा विजयी हासिल गरिसकेको तर औपचारिक घोषणा हुन मात्रै बाँकी रहेको बताए । हाल प्राप्त मतपरिणाम अनुसार उमेदवार गुरुङले १७ हजार ७ सय ७५ मत प्राप्त गरेका छन् भने दाहालले ११ हजार ५ मत मात्रै प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *