काठमाडौँमा बामै बाम,दुई ठाउँमा लोकतान्त्रिकको अनुहार झल्याकझुलुक !


“
काठमाडौं, मंसिर २२ । दोस्रो चरणको प्रतिनिधि र प्रदेश सभाको मतदानपश्चात् हाल काठमाडौंका १० वटै निर्वाचन क्षेत्रहरुको मत गणना भइरहेको छ । हाल गणना भइरहेको क्षेत्रमध्ये ८ क्षेत्रमा वाम गठबन्धनले अग्रता लिइरहेको छ भने २ वटा क्षेत्रमा नेपाली कांग्रेसको अग्रता रहेको छ ।
कांग्रेसले काठमाडौं क्षेत्र नं. १ र १० मा अग्रता कायम गरेको छ भने वाम गठबन्धनबाट नेकपा एमालेले काठमाडौं क्षेत्र नं.२, ३, ४, ५, ७, ८ र ९ र माओवादी केन्द्रले क्षेत्र नं. ६ मा अग्रता लिएको छ ।
हालसम्म काठमाडौं प्रतिनिधि सभातर्फका–१० क्षेत्रको मत परिणाम यस्तो छ :
क्षेत्र नं.–१ : काँग्रेसका प्रकाशमान सिंहले ३५९०, विवेकशील साझा पार्टीका रविन्द्र मिश्र २९१६, बाम गठबन्धका माओवादी केन्द्रका उम्मेदवार अनिलकुमार शर्मा १५३४
क्षेत्र नं –२ : एमालेका उम्मेदवार माधवकुमार नेपाल २८४०, कांग्रेसका उम्मेदवार दीपक कुइँकेल १४५४,विवेकशील साझा पार्टीका सूर्यराज आचार्य १२६५
क्षेत्र नं–३ : एमाले उम्मेदवार कृष्णबहादुर राई २६२५,कांग्रेसका उम्मेदवार अम्बिका बस्नेत २५५१
क्षेत्र नं–४ : एमालेका उम्मेदवार राजन भट्टराई ५०६३,कांग्रेस उम्मेदवार गगनकुमार थापा ५०२७
क्षेत्र नं–५ : बाम गठबन्धनबाट एमालेका उम्मेदवार ईश्वर पोखरेल १४००, कांग्रेसका उम्मेदवार प्रकाशशरण महत ३ सय १३ । तर,हाल मतगणना स्थगित गरिएको छ ।
क्षेत्र नं–६ : बाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार झक्कु सुवेदी १७२५, कांग्रेसका उम्मेदवार भीमसेन दास प्रधान १४६१
क्षेत्र नं–७ : बाम गठबन्धनबाट एमालेका उम्मेदवार रामवीर मानन्धरले ३३६७, लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका उम्मेदवार विक्रमबहादुर थापाले १८८२,विवेकशील साझा पार्टी ११५५
क्षेत्र नं–८ : बाम गठबन्धनबाट एमालेका उम्मेद्वार जीवनराम श्रेष्ठ ५९८८, लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका उम्मेदवार नविन्द्रराज जोशी ५८७८
क्षेत्र नं–९ : बाम गठबन्धनबाट एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ ४२३३, कांग्रेसका उम्मेदवार ध्यानगोविन्द रञ्जित २८७८,विवेकशील साझा पार्टीका मिलन पाण्डेले ९४३
क्षेत्र नं–१० : लोकतान्त्रिक गठबन्धनाट कांग्रेसका उम्मेदवार राजनकुमार केसी ४०७३, बाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार हितमान शाक्य २७७४, विवेकशील साझा पार्टीका उम्मेदवार प्रदीप ढकाल २४३
“
