देश भरिनै वाम गठबन्धन अगाडी बझाङमा ‘सिंह’ विजयी

बझाङ, २२ मंसिर । प्रतिनिधिसभाका लागि एकमात्र निर्वाचन क्षेत्र रहेको बझाङमा प्रतिनिधिसभा र प्रदेशसभाका सबै सिटमा वाम गठबन्धन विजयी भएको छ ।

आज दिउँसो घोषणा भएको परिणामअनुसार नेपाली काँग्रेसका उम्मेदवारलाई पछि पार्दै गठबन्धनका उम्मेदवारले जित हात पारेका हुन् ।

वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार रहेका नेकपा ९एमालेका भैरवबहादुर सिंहले नेपाली काँग्रेसका पृथ्वीबहादुर सिंहलाई सात हजार ७०२ मत अन्तरले पछि पार्दै जित हासिल गर्नुभएको हो । भैरवले ३४ हजार ६१२ मत प्राप्त गरेका थिए भने उहाँका निकटतम प्रतिद्वन्द्वी पृथ्वीले २६ हजार ९१० मत प्राप्त गरेका थिए ।

यस्तै प्रदेश (क) मा पनि नेकपा ९एमाले०का उम्मेदवार अर्जुनबहादुर थापा विजयी भएका छन् । उहाँले नेपाली काँग्रेसका उम्मेदवार चन्द्रा जोशीलाई चार हजार ६७१ मतको अन्तरले पराजित गरेका हुन् । थापाले १७ हजार ८६८ र जोशीले १३ हजार १९७ मत प्राप्त गरेका थिए ।

प्रदेश ९ख० मा नेकपा ९माओवादी केन्द्र०की उम्मेदवार देवकी मल्ल विजयी हुनुभएको छ । उहाँले नेपाली काँग्रेसका नेता तथा पूर्वराज्यमन्त्री नरेशबहादुर सिंहलाई दुई हजार ५०१ मतको अन्तरले हराउनुभएको हो । मल्लले १६ हजार ७४३ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी सिंहले १४ हजार २४२ मत प्राप्त गरेका छन् ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *