अर्घाखाँचीका २ वटा मतदानकेन्द्रमा भोली पुनः मतदान हुने

मंसिर २१, अर्घाखाँची । मतदान कार्य स्थगीत भएका २ मतदानकेन्द्रमा भोली मंसिर २३ गते पुनः मतदान हुने भएको छ । भोली हुने मतदानकेन्द्र वरिपरी सुरक्षा ब्यवस्था कडा पारि नयाँ कर्मचारीको साथमा मतदान सुरु गरिने मुख्य निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

हिजो सन्धिखर्क ५ वाङला मथुरा माबि नेटा (ख) मतदान केन्द्रमा खटिएका मतदान अधिकृत सुरेन्द्रराज अधिकारीले मतपत्रमा आफ्नो सहि नै नगरि मतदान गर्न दिएको भन्दै बिवाद भएको थियो ।

अधिकारीले भुलवस अधिकृतको हस्ताक्षर नगरेको मतपत्र मतदाताको हातमा पुगेको स्विकार गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *