रसुवा प्रदेशसभा ‘क’ मा काँग्रेसका प्रभात लामा ‘विजयी’

रसुवा, २२ मङ्सिर । जिल्लामा प्रदेशसभा ‘क’ मा लोकतान्त्रिक गठबन्धनतर्फबाट नेपाली काँग्रेसका उम्मेदवार प्रभात लामा विजयी भएका छन् ।

मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले दिएको जानकारी अनुसार लामा ६ हजार ९७६ मत ल्याई विजयी भएका हुन् । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का करन्याल तामाङले पाँच हजार १५२ मत प्राप्त गरे ।

अहिलेसम्मको मतगणनामा प्रतिनिधिसभातर्फ काँग्रेसका मोहन आचार्यले सात हजार ६६९ मत प्राप्त गरे ।भने वाम गठबन्धनका उम्मेदवार जनार्दन ढकालले पाँच हजार २६३ मत प्राप्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =