१२ मत बढी खसेपछि काठमाडौं क्षेत्र नम्बर–५ को मत गणना स्थगित

२०७४ जेठ १५ गते

“काठमाडौं,मंसिर २२। काठमाडौं क्षेत्र नं.५ को मतगणना स्थगित भएको छ । मतदान स्थलमा खसेको मतभन्दा १२ मत बढी भेटिएपछि मतगणना स्थगित भएको जनाइएको छ ।
बुढानिलकण्ठ नगरपालिकाको विष्णुपादुका ‘क’ र नारायणथान सतल ‘क’ बुथको मत संख्या मुचुल्चा गरिएको भन्दा १२ मत बढी भेटिएपछि विवाद भएको जनाइएको छ । सो विषयमा विवाद भएपछि अहिले तत्कालका लागि मत गणना स्थगित गरिएको जनाइएको छ ।
हाल सो क्षेत्रमा बाम गठबन्धनबाट ईश्वर पोखरेल, लोकतान्त्रिक गठबन्धनबाट प्रकाशशरण महतको कडा टक्कर चलिरहेको छ । हालसम्मको मत गणनाका क्रममा महतभन्दा पोखरेल अघि देखिएका छन् ।”

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित