मदन बहादुरलाई पछ्याउन पम्फा भुसाललाई कठिनाई, उज्जलकृष्ण पुच्छर समात्दै

ललितपुर, मङसिर २२ । ललितपुर क्षेत्र नम्बर ३ मा माओवादी प्रवक्ता पम्फा भुसाललाई कांग्रेसका मदनबहादुर अमात्यले फरालिको मतान्तरले पार्दै अघि बढीरहेका छन् ।

 

कांग्रेसका अमात्यले ६२४३ मत ल्याउँदा माओवादीकी पम्फा भुसालले ५५२२ मतका साथ पछ्याइरहेकी छन् भने विवेकशील साझा पार्टीका उज्जलकृष्ण श्रेष्ठ पुच्छरमा रहेका छन् । उनले १२३५ मतका साथ तेस्रो स्थानमा छन् ।

त्यस्तै, ललितपुर २ मा एमालेका कृष्णलाल महर्जनले ९५३२ मत प्राप्त गर्दा कांग्रेसका निवर्तमान सांसद चन्द्र महर्जन ६१७० मतका साथ दोस्रो स्थानमा छन् ।

उता,विवेकशील साझा पार्टीका अमिर महर्जनले ९२४ मत मात्रै पाउन सफल भएका छन् । ललितपुर क्षेत्र नम्बर १ मा भने मतगणना शुरु भइसकेको छैन । केहीबेरमा सो क्षेत्रको पनि मतगणना शुरु हुने बताइएको छ । सो क्षेत्रमा कांग्रेसबाट अर्थराज्यमन्त्री उदयशमसेर जबरा र एमालेबाट पूर्व डिआइजी नवराज सिलवाल प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *