कैलालीमा १२ बजेपछि मात्र मतगणना शुरु हुने

कैलाली, मंसिर २२। कैलालीमा मतगणनास्थलमा तारजाली लगाएर मतगणना गरिने भएको छ । सर्वदलीय बैठकले गणनास्थलको बाहिरतर्फ दलका प्रतिनिधि बस्ने गरी तारजाली लगाएर भित्र मतगणना गर्ने निर्णय गरेको हो ।

तारजालीलगाउने लगायत प्राविधिक व्यवस्थापन गरेर खाना खाईसकेपछि मतगणना शुरु गर्ने निर्णय भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अर्यालले जानकारी दिएका छन् । ‘सबै व्यवस्थापन गर्दा १२ बजेपछि मात्र मतगणना शुरु हुन्छ,’ उनले भने ।

जिल्लाका ५ वटा निर्वाचन क्षेत्रमध्ये ३ वटा क्षेत्रका मतपेटिकाहरु धनगढी ल्याइसकिएको छ । हाल ती ३ वटा क्षेत्रको मतगणना गर्न लागिएको हो ।

क्षेत्र नम्बर २ र ४ अन्तर्गत पर्ने पहाडी भेगबाट मतपेटिका ढुवानी हुन बाँकी छ । बेलुकीसम्म ती क्षेत्रका मतपेटिका आईपुग्ने मुख्य निर्वाचन अधिकृत अर्यालले बताए । मतपेटिका आईपुगेपछि मात्र क्षेत्र नम्बर २ र ४ को मतगणना गरिने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *