काठमाडौं क्षेत्र नम्बर–५ र ७ को मतगणना सुरु,चार भाइको घम्साघम्सी !

काठमाडौं,मङसिर २२ । काठमाडौँको क्षेत्र नम्बर– ५ र ७ को मतगणना सुरु भएको छ । नयाँ बानेश्वरस्थित केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रमा ११ बजेदेखि मतगणना सुरु भएको हो ।

शुक्रबार बिहान १० बजे नै मतगणना सुरु गर्ने भनिएपनि निर्वाचन आयोगको तयारी नपुगेको र सबै दलका प्रतिनीधीहरु उपस्थित नभएका कारणले मतगणना सुरु हुन ढिला भएको बताइएपनि क्षेत्र नम्बर–५ को मतगणना भर्खर थालनी गरिएको छ । शुक्रबार बिहान बसेको सर्वदलीय बैठकमा बिहान १० बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको थियो ।

उक्त क्षेत्रमा काँग्रेसबाट पूर्व–परराष्ट्रमन्त्री प्रकाश शरण महत र बाम गठबन्धनबाट एमालेका ईश्वर पोखरेलबीच घम्साघम्सी पर्दैछ । भने क्षेत्र नम्बर– ७ मा बाम गठबन्धनबाट रामवीर मानन्धर र लोतान्त्रिक गठबन्धनबाट विक्रम बहादुर थापा चुनावी मैदानमा छन् ।

निर्वाचन क्षेत्र नं. ५ र ७ को मतगणना सहकारी विकास विभागको तालिम केन्द्र बानेश्वरमा भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *