उदयपुर र नवलपरासी पश्चिममा ११ बजेदेखि मतगणना,

मङ्सिर २२, गाईघाट, उदयपुर ।  प्रदेशसभा र प्रतिनिधिसभाको मङ्सिर २१ गते सम्पन्न भएको निर्वाचनको उदयपुर जिल्लामा आज ११ बजेदेखि मतगणना कार्य सुरु हुने भएको छ ।

उदयपुरका प्रजिअ प्रदीपराज कँडेलका अनुसार अहिले बिहान ८ बजे जिल्लाका राजनीतिक दल, मुख्य निर्वाचन अधिकृत र सुरक्षाकर्मी सहितको सर्वदलीय बैठकपछि ११ बजेदेखि औपचारिक रूपमा मतगणना कार्य सुरु हुने भएको हो ।

जिल्लाको ९८ मतदानस्थल र २३३ मतदान केन्द्रबाट सम्पूर्ण रूपमा मतपेटिका बिहीबार राति सम्ममा सङ्कलन गर्ने कार्य सम्पन्न भइसकेका कारण आज ११ बजेबाट औपचारिक रूपमा मतगणना कार्य सुरु हुने भएको प्रजिअ कडेलले बताए ।

उदयपुरमा प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि चार क्षेत्र निर्धारण भएको थियो । प्रतिनिधिसभाको सदस्यको उम्मेदवारमा १९ राजनीतिक दलले सहभागिता जनाएका छन् भने प्रदेशसभाका लागि दुई स्वतन्त्र उम्मेदवारसहित २९ राजनीतिक दलले सहभागिता जनाएको जिल्ला निर्वाचन कार्यालय उदयपुरले बताएको छ ।

नवलपरासी—नवलपरासी ९बर्दघाट सुस्ता० पश्चिम क्षेत्रको आज बिहान ११ बजेदेखि मतगणनाको प्रक्रिया सुरु हुँदैछ । मतगणनाअघि दलको बैठक गरी सहमतिअनुसार बिहान ११ बजेदेखि मतगणनाको प्रक्रिया सुरु गर्न लागिएको नवलपरासी ९बर्दघाट सुस्ता० पश्चिम क्षेत्रका मुख्य निर्वाचन अधिकृत माधवेन्द्रराज रेग्मीले जानकारी दिए ।

नवलपरासी ९बर्दघाट सुस्ता० पश्चिम क्षेत्र मतगणना सदरमुकाम परासीस्थित आदर्श माविमा गरिने तयारी गरिएको छ । यसैबिच नवलपरासी ९बर्दघाट सुस्ता० पूर्व क्षेत्रको मतगणना आज साँझ ४ बजेबाट मात्र सुरु हुँदैछ ।

पहाडी क्षेत्रबाट अझै पनि मतपेटिका आउन बाँकी रहेकाले साँझ ४ बजेबाट मतगणना गरिने तयारी गरिएको नवलपरासी ९बर्दघाट सुस्ता० पूर्व क्षेत्रका मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए । सुरक्षाको दृष्टिकोणले पहाडी क्षेत्रका केही मतपेटिका आउन बाँकी रहेको छ । आज दिउँसो २ बजेसम्म मतपेटिका ल्याएर शिव मावि कावासोतीमा मतगणना गर्ने तयारी गरिएको छ ।

नवलपरासीमा प्रतिनिधिसभातर्फ चारवटा निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ आठवटा निर्वाचन क्षेत्र रहेका छन् । प्रदेश नं ४ नवलपरासी ९बर्दघाट सुस्ता० पूर्व र प्रदेश नं ५ नवलपरासी ९बर्दघाट सुस्ता० पश्चिम गरी दुई जिल्लामा विभाजित नवलपरासीमा कुल चार लाख २९ हजार ९५१ जना मतदाता रहेका छन् । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *