नायक रायमाझीको नेपाली कथानक चलचित्र ‘गोरे’ रिलिज मङ्सिर २९,

आगामी मङ्सिर २९ गते बाट नेपाली कथानक चलचित्र ‘गोरे’ रिलिज हुने भएको छ ।  उक्त चलचित्रको निर्माणपक्ष नायक दिलीप रायमाझीको क्रेज फर्काउने दाउमा छ । चलचित्रमा नायक रायमाझी र नायिका अनु शाहको मुख्य भूमिका रहेको छ ।

उनै, दिलीप चलचित्र ‘गोरे’ मार्फत फेरि स्थापित हुने दाउमा छन् । अहिले उनी कहिले अमेरिका त कहिले नेपालमा बसोबास गर्दै आएका छन् । यो चलचित्रको शीर्ष भूमिकामा दिलीपले नै काम गरेका छन् ।

चलचित्रको यूनिट नायक दिलीप रायमाझीको आशामा देखिएको छ । दर्शकले फेरि दिलीपलाई पुरानै माया दिने विश्वास यसको निर्माणपक्षले लिएको छ ।

सोझो गोरेदेखि स्मार्ट गोरेसम्मको भूमिका उनले निर्वाहा गरेका छन् । चलचित्रका निर्देशक रामेशकुमार राई यो भूमिका दिलीप बाहेक अन्य कलाकारले गर्न नसक्ने बताउँछन् । सूर्य जीसीको प्रस्तुतिमा रुपा जीसीले निर्माण गरेको चलचित्रमा हरिनारायण चौधरीको छायाङ्कन, विकास चौधरीको सङ्गीत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *