२७ लाख फिलिपिनी जनता भोकमरी व्यहोर्न वाध्य,

मङ्सिर २१,मनिला फिलिपिन्स । फिलिपिन्समा करिब २७ लाख फिलिपिनी परिवार अर्थात् ११।८ प्रतिशत जनसङ्ख्याले भोकमरीको समस्या झेल्न बाध्य रहेको बिहीबार सार्वजनिक एक अध्ययन पतिवेदनमा जनाइएको छ ।

सर्भेक्षण कम्पनी ‘सोसल वेदर स्टेसन’९एसडब्लयुएस० ले सेप्टेम्बर २३ देखि सेप्टेम्बर २७ सम्म राष्ट्रका सम्पूर्ण भागलाई समेटेर एक हजार ५०० जना वयस्क नागरिकमा गरिएको सर्भेक्षणमा यस अघिका तीन महिनामा गरिएको अध्ययन सर्भेक्षण तथ्याङ्क ९।५ मा २।३ प्रतिशत वृद्धि भएको बताइएको छ । दुई महिना सार्वजनिक गरिएको तथ्याङ्कमा करिब २२ लाख मानिस भोकमरी झेल्न बाध्य रहेका बताइएको थियो ।

पछिल्लो तथ्याङ्कले फिलिपिन्सका जनतामा भोकमरीको समस्या बढ्दो रहेको खिएको छ ।

यही वर्षको डिसेम्बर २ मा सार्वजनिक गरिएको एसडब्लुएसको सर्भेक्षणमा ४७ प्रतिशत फिलिपिनी जनताले आफूलाई गरिब भन्न रुचाएको सार्वजनिक भएको थियो ।रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + fourteen =