सिन्धुपाल्चोक २ मा पशुपतिभन्दा ५ सय मतले शेरबहादुर अगाडि

सिन्धुपाल्चोक, मंसिर २२ ।  सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणाम अनुसार राप्रपा प्रजातान्त्रिकका पशुपति शमशेर राणा ४९० मतान्तरले पछाडि हुनुहुन्छ ।

उहाँले ७१४१ मत प्राप्त गर्नुभएको छ । उहाँलाई वाम गठबन्धनका उम्मेदवार शेरबहादुर तामाङले ४९० मतले लिड गरिरहनुभएको छ । तामाङले ७६३१ मत ल्याउनुभएको छ ।

सिन्धुपाल्चोक २ को सुरुवाती रुझान एकदमै रोचक देखिएको छ । यस क्षेत्रमा कहिले शेरबहादुर तामाङ अगाडि त कहिले पशुपति शमशेर राणा अगाडि हुनुहुन्छ ।

यस क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार तामाङ र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राप्रपा प्रजातान्त्रिकका उम्मेदवारबीच नै कडा प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *