मनाङ प्रदेश (क) मा कांग्रेसका चिन्तबहादुर घले निर्वाचित

काठमाडौं, मंसिर २२ । कांग्रेसले हिमाली जिल्ला मनाङबाट खाता खोलेको छ । कांग्रेस उम्मेदवार चिन्तबहादुर घलेले प्रदेश सभा क बाट एमालेका धोर्जे डण्डुल गुरुङलाई १ सय २ मतअन्तरले हराउनुभएको छ। विजयी घलेले ९ सय ९८ मत प्राप्त गर्नुभएको छ।

एमालेका धोर्जे डण्डुल गुरुङले ८ सय ९६ मत पाउनुुभएको छ। औपचारिक घोषणा हुन बाँकी रहेपनि कांग्रेसका घले निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत मनाङ स्रोतले बताएको छ । मुख्य निर्वाचन अधिकृत दीपक ढकालसँग सम्पर्क हुन नसकेपनि प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले घले निर्वाचित भएको बताउनुभयो ।

मनाङ (क) मा २ हजार १ सय ७९ मतदाता रहेकोमा १ हजार ९ सय १ खसेको थियो । बिहीबार साँझ सवा ५ बजेबाट मतगणना सुरु भएको थियो ।

जिल्ला अदालतमा ३ छुट्टाछुट्टै ठाउँमा मतगणना गरिएकोमा प्रतिनिधि सभा र प्रदेश सभा (ख) को मतगणना भइरहेको छ । प्रतिनिधि सभाको करिब आधाआधी मत गनिसक्दा कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङ भन्दा एमालेका पोल्देन छोपाङ गुरुङ अगाडि हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *