मतपेटिकालाई लक्षित गरी बम विस्फोट

२०७४ जेठ १५ गते

“
मंसिर २१, काठमाडौं । सिन्धुलीमा मतपेटिका बोकेको गाडीलाई लक्षित गरेर बम विस्फोट गराइएको छ । मतपेटिका बोकेको गाडि हरिहरपुरगढी गाँउपालिकाको क्यानेश्वरमा पुगेपछि सो विस्फोट भएको थियो ।
मतपेटिका बोकेर मुख्य निर्वाचन अधिकृतको कार्यालयतर्फ लैजाने क्रममा सडक भन्दा केही पर बम बिस्फोट भएपनि कुनै क्षति नभएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।
उनले मतपेटिका, कर्मचारी र सुरक्षाकर्मी सबै सुरक्षित रहेको बताएका छन् । सिन्धुलीमा बिभिन्न मतदान केन्द्रबाट मतपेटिका संकलनको काम भइरहेको प्रजिअ दाहालले जानकारी दिए ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित