काठमाडौँको मतगणना भोलि बिहानबाट सुरु हुने

मंसिर २१, काठमाडौं । काठमाडौँका १० वटै निर्वाचन क्षेत्रको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मतगणना भोलि बिहानबाट सुरु हुने भएको छ ।

मुख्य निर्वाचन अधिकृत रमेशराज पोखरेलले शुक्रवार बिहानबाट निर्वाचनको मतगणना सुरु हुने जानकारी दिए । मतगणना सुरु हुनुअघि बिहान ७ बजे सर्वदलीय बैठक बोलाइएको छ । सो बैठकपछि मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत पोखरेलले बताएे ।

१० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौँमा १, २ , ३ र ४ नम्बर क्षेत्रको मतगणना राष्ट्रिय सभाबाट गरिनेछ । त्यसै गरी क्षेत्र नम्बर ५ र ७ को मतगणना नयाँ बानेश्वरस्थित सहकारी विकास तालिम केन्द्रमा हुनेछ । त्यसै गरी क्षेत्र नम्बर ६ को मतगणना बबरमहलस्थित जिल्ला समन्वय समितिको हलमा र क्षेत्र नम्बर ९ र १० को मतगणना अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरबाट हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *