स्याङ्जा र अछाममा एमाले–काँग्रेसबीच झडप, प्रहरीद्धारा हस्तक्षेप

मंसिर २१, काठमाडौं । स्याङ्जामा लोकतान्त्रिक र बाम गठबन्धनबीच झडप भएको छ । साविक तुलसीभन्ज्याङ गाविस भवनस्थित मतदान केन्द्रमा मतदाताहरुको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा झडप भएको थियो ।

झपडलाई साम्य बनाउन हवाई फाइरिङ गरिएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाले जनाएको छ ।

यता अछाममा पनि कांग्रेस र एमालेबीच झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरेको छ । अछामको चौरपाटी गाउँपालिका– ५ लुंग्राको दयापिपलतोला मावि मतदान केन्द्रमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको हो ।

झडपमा तीन जना घाइते भएको बताइएको छ । घाइतेको पूर्ण विवरण आउन बाँकी छ । यसअघि मतदानको विषयमा विवाद हुँदा भक्तपुरमा पनि कांग्रेस र एमालेबीच झडप भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *