जुम्लामा मतगणनाको तयारी

मंसिर २१, जुम्ला । पहिलो चरण अनतर्गत मंसिर १० गते प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन भएकाे जुम्ला जिल्लामा मतगणना सुरु गर्ने तयारी गरिएको छ । मतगणनाका लागि जाली भित्र मतपेटिकाहरु पुर्याइएको छ भने दलका प्रतिनिधिलाई जाली बाहिरबाट हेर्ने व्यवस्था मिलाइएको छ ।

जुम्लामा वाम गठवन्धनका प्रतिनिधिसभाका उम्मेदवार गजेन्द्र महत रहेका छन् भने प्रदेशसभाका नरेश भण्डारी, पदम रोकाया छन् ।यस्तै र लोकतान्त्रिक गठबन्धनका प्रतिनिधसभाका देवेन्द्र शाही तथा प्रदेससभाका उम्मेदवार राजुसिह कठायत र भिमनिधप हमाल चुनावी मैदानमा छन् ।

पहिलो चरणमा निर्वाचन भएका जुम्ला सहित अधिकांश जिल्लामा मतगणना आजै सुरु हुने निर्वाचन आयोगले बताउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *