७ बजे भन्दा अघि सवारी साधन गुडाउन नपाइने

२०७४ जेठ १५ गते

“
काठमाडौं,मङ्सिर २१ । आज बेलुकी ७ बजेदेखि सवारी साधन सञ्चालन हुने भएको छ । त्यो भन्दा अघि सार्वजनिक यातायातका साधन गुडाउन पाइने छैन ।
पाँच बजे निर्वाचन सकिएपश्चात् मत पेटीका व्यवस्थापन गर्न केही घण्टा लाग्ने भएकोले दुई घण्टापछि सवारी साधन सञ्चालन गर्ने बताइएको छ ।
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बेलुकी ७ बजेपछि यातायात सञ्चालन आउने जानकारी दिएका छन् ।
‘पाँच बजे निर्वाचन समाप्त हुँदैछ । मत पेटीका व्यवस्थापन गर्न करिब दुई घण्टा लाग्ने भएकोले ७ बजेपछि देशभर यातायात सञ्चालन गरिनेछ ।’
हालसम्म ५७ प्रतिशत भन्दा बेसी मतदान भइसकेको र सबै क्षेत्रमा शान्तिपूर्ण निर्वाचन भइरहेको प्रवक्ता ढकालले जानकारी गराए ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित