अन्डरवेयरलाई गलत तरिकाले धोएको निहुँलाई लिएर डिभोर्स

एजेन्सी । यो संसारमा जसलाई पनि आफूलाई मन लागेको गर्न छुट छ, यसै बिच एउटा अचम्मको घटनाको सार्वजनिक भएको छ, जुन थाहा पाउँदा आश्चर्य मान्नुको विकल्प हुनेछैन ।

एक जना व्यक्तिले जिउका भित्री वस्त्रसँग के त्यस्तो गर्दा रहेछन् की पत्नीले उनीसँग डिभोर्स नै गर्ने फैसला गरिन् ।समाचार अनुसार अन्डरवेयरलाई गलत तरिकाले धोएको निहुँलाई लिएर विवाद यति बढ्यो कि मामिला डिभोर्ससम्म पुग्यो ।

घटना विश्वासै गर्न गाह्रोपर्ने जस्तो छ । तर महिला आफैले सोसल मिडियामा शेयर गरिसकेपछि विश्वास गर्नैपर्यो । ती महिलाका अनुसार उनका लोग्नेले अल्छी नमानीकन दुबैजनाका कपडा धुने गर्दा रहेछन् ।लोग्नेको यस्तो सहयोगी बानी सुरुमा त ती महिलालाई निकै मन पर्‍यो । उनले लोग्नेको प्रशंसा खुबै गर्थिन् ।

तर जब उनका पतिले भित्री वस्त्र समेत वासिङ मेसिनमा हालेर धुन थाले तब विवाद सुरु भयो । भित्री वस्त्रलाई वासिङ मेसिनमा हालेर धुनाले लुगा छिटै फाट्ने भन्दै उनले लोग्नेलाई भित्री वस्त्रहरु धुनका लागि मेसिनमा नहाल्न भनिन् ।

हातैले धुनुपर्ने भनेर प्रस्ट रूपमा ट्यागमा लेखेका भित्री वस्त्रसमेत आफ्नो लोग्नेले वासिङ मेसिनमा हालेर धुन थालेपछि उनको रिसको पारो तात्यो । उनले लोग्नेलाई धेरै सम्झाइन् त्यसो नगर्नका लागि । तर उनका पति मान्नेवाला थिएनन् । जसका कारण उनले आफ्ना लोग्नेसँग डिभोर्स गर्ने निधो गरिन् ।

दश वर्षअघि बिहे गरेकी उनले ब्रा तथा पेन्टी धुने विवादका कारण लोग्नेसँग डिभोर्स गर्ने निर्णय गरेको कुरा सोसल मिडिया मम्स नेटमा सार्वजनिक गरेपछि त्यसले ठुलै बहसको सिर्जना गरेको छ ।

कतिपयले उनले ठिकै गरेको भनेका छन् भने कतिपयले चर्को आलोचना गरेका छन् । ती महिलाले आफ्नो नामचाहिँ खुलाएकी छैनिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *