मतदानस्थल पुगेका एक बृद्धको भोट हाल्न नपाइ मृत्यु

२०७४ जेठ १५ गते

“
मंसिर २१, काभ्रे । मतदान गर्न मतदानस्थल पुगेका एक बृद्धको भोट हाल्न नपाइ मृत्यु भएको छ। काभ्रेको नालामा ८२ वर्षिय कृष्ण कुमार कर्माचार्यको मृत्यु भएको हो।
कर्माचार्यलाई छोराहरुले मतदानका लागि नाालास्थित मतदानस्थल लिएर गएका थिए। मतदानस्थल पुगेलगत्तै उनी गम्भीर बिरामी भएका थिए।
तत्कालै नजिकैको मेडिकलमा पुर्याएकोमा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिलजंग शाहले बताए। कर्माचार्य पहिलेदेखि नै बिरामी रहेको उनका परिवारले जनाएका छन्।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित