आहा ! क्या मज्जा निर्वाचन

काठमाडौँ, मङ्सिर २१ । २१ गतेको दोस्रो चरणको प्रतिनिधि र प्रदेश सभा निर्वाचनले उम्मेद्वारहरुलाई चिन्तित तुल्याएपनि युवा युवती लगायत सर्वसाधारणलाई भने ‘आहा ! क्या मज्जा’ झैँ भएको देखिन्छ । चिसो मौसम, बाक्लो ज्याकेट, घुडासम्म आउने जुत्ता अनि आँखामा कालो चस्मा लगाएर सुनसान सडकमा सेल्फी खिच्दाको मज्जा नै बेग्लै !

 

 

राजधानीका प्रमुख सडक खण्डहरु भक्तपुर,कोटेश्वर, नयाँ बानेश्वर, बबरमहल लगायतका क्षेत्रमा युवायुवतीहरु आफ्ना साथीभाईहरुसँग नारिएर फोटो खिचेको देख्दा लाग्छ, सँधैभरि काठमाडौँ सहर यस्तो भइदिए कस्तो हुन्थ्यो होला ?

       

ती सडक खण्डका बिचमा उभिएर उनीहरू यस्तै खालका कुराहरू गर्दै सेल्फी मारेको देखिन्छन् ।

त्यसो त, ती सडक खण्डका पेटीहरुमा पोलीएका मकैले ग्राहक पाउँन धौँधौँ भएको छैन । जाडो मौसम भए पनि पोलेका मकै भन्दा पनि पानीपुरी अनि चटपटे बेच्नेहरुले राम्रै व्यापार गरेको देखिन्छ ।

सडक खण्डमा युवायुवतीको चहल पहल बढी भएकोले उनीहरूको पहिलो प्राथमिकता मकै भन्दा पनि पानीपुरीमा रहेको देखिन्छ । त्यस्तै, खाली सडकमा स्थानीय बासिन्दाका बालबच्चाहरु पनि आरामसँग खेलिरहेका छन् । अभिभावकहरुलाई अरू समयझै सवारीले आएर हिर्काउछ कि भन्ने ठुलो चिन्ता देखिँदैन ।

आज बाँकी रहेका ४५ जिल्लामा मतदान सम्पन्न हुँदैछ । कतै उल्लासपूर्वक र शान्त वातावरणमा मतदान सम्पन्न भएको खबर सुनिँदै छ केही क्षेत्रमा ‘बुथ कब्जा’ गरिएका घटनाहरू पनि सुुनिन आएको छ ।

तर, सुरक्षाकर्मीले बुथ कब्जा गर्ने व्यक्तिहरूलाई पक्राउ गरेको छ । आज पाँच बजेपछि सम्भव हुने क्षेत्रमा मत गणना थालनी गरिने आयोगले जनाएको छ भने चार दिनभित्र प्रतिनिधि र प्रदेश तर्फबाट निर्वाचितत प्रत्यक्ष उम्मेद्वारहरुको घोषणा गर्ने र आठ दिन भित्र समानुपाति तर्फका निर्र्वाचित उम्मेद्वारहरुको नाम घोषणा गरिसक्नेछ ।

बिहीबार पाँच बजेपश्चात् जारी मतगणना हुँदै गर्दा उम्मेद्वारहरुको मुटुको धड्कन छिट–छिटो धडकिँदैछ । किनकि घरी आफू घरी विपक्षी दलका उम्मेदवार अघिपछि हुँदा उम्मेद्वारको मुटुको गति नाप्न गाह्रो पर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *