धनकुटामा बम विस्फोट, तर उत्साहपूर्वक मतदान जारी

मंसिर २१, धनकुटा । धनकुटाको खाल्सा छिन्ताङ सहिदभूमी गाउँपालिकाको थलथलेमा रहेको मतदान केन्द्र नजिक बम बिस्फोट भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतिका अनुसार मतदान केन्द्रबाट करिव ५ सय मिटर टाढा बम बिस्फोट भएको हो ।

बिस्फोटबाट मानवीय क्षति नभएपनि सो क्षेत्रका मतदाता त्रसित भएका छन । मतदान केन्द्रलाई लक्षित गरी नेपाल कम्युनिष्ट पार्टीले कुकर बम बिस्फोट गराएको स्थानीयले बताएका छन् । धनकुटामा बम विस्फोटका बाबजुद उत्साहपूर्वक रुपमा प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतदान जारी छ । बिहान ७ बजेदेखि नै मतदाताहरु उत्साहपूर्वक रुपमा लाईनमा बसेर मतदान गरिरहेका छन् ।

धनकुटाका १ सय १७ मतदान स्थलमा रहेका १ सय ५३ वटै मतदान केन्द्रबाट शान्तिपूर्ण रुपमा मतदान जारी रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी केशव पौडेलले जानकारी दिए । मतदान केन्द्रमा १ हजार २ सय २४ जना कर्मचारी परिचालन गरिएको छ । अप्रिय घटना हुँन नदिनका लागि सुरक्षा ब्यवस्था पनि मजवुत पारिएको प्रहरी प्रमुख सुदिप राजभण्डारीले जानकारी दिएका छन ।

धनकुटामा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी गरी दुई हजार भन्दा बढी सुरक्षाकर्मी निर्वाचनका लागि परिचालन गरिएको छ । प्रतिनिधि सभाका लागि १ क्षेत्र र प्रदेश सभाका लागि २ क्षेत्र तोकिएको धनकुटामा १ लाख ५ हजार १ सय ८८ मतदाता छन ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *