नवलपरासीमा त्रिपाठी र कलवारद्धारा मतदान

रबिन्द्र यादव

नवलपरासी, मंसिर २१ । नवलपरासी नवलपरासी, बाम गठबन्धन र स्वतन्त्र राजनितीक समुहका निर्वाचन क्षेत्र नं १ बाट जिल्लाको प्रतापपुर गाउपालिका–६ केवलवुर स्थित जन जागृति मावि केन्द्रबाट मतदान हृदयेश त्रिपाठी गर्नुभएको छ । बिहान ७ बजेर ३० मिनेट जाँदा उहाँले मतदान गर्नुभएको हो ।

हृदयेश त्रिपाठी वाम गठबन्धन र स्वतन्त्र राजनितीक समुह तर्फबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार हुनुहुन्छ । मतदानपछि सञ्चारकर्मीलार्ई संक्षिप्त प्रतिक्रिया दिँदै त्रिपाठीले गठबन्धनअनुसार नै आफूले मतदान गरेको बताउनुभयो । त्रिपाठीको पत्नी शोभा त्रिपाठीले पनि उक्त मतदान केन्द्र बाट मतदान गर्नु भएको थियोे ।

त्यसैगरी नेपाली काङ्ग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार देवकरण कलवार सन्तु र वहाको धर्मपत्नी शुशिला देवी कलवारले पनि साविक गुठी परसौनी कार्यालय भवन स्थित मतदान केन्द्रमा मतदान गर्नु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *