‘परेवाले विष्ट्याउने,गगन थापाले परिचय–पत्र हराउने’

काठमाडौं, मङसीर २१ । उम्मेद्वारले नै मतदाता परिचय पत्र हराएपछि अरू मतदाताको हालत कस्तो होला ? एक पटक सोच्नुस् त । हो, यस्तै, भयो बिहीबार मैतिदेवीस्थित मयुरकुण्ड मतदान केन्द्रमा । नौ बजे काठमाडौँ क्षेत्र नम्बर–४ का प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेदवार गगन कुमार थापाले हरियो बाकसमा मत खसालेपछि कालो रङ्गको बाकसमा मत खसाल्न लाग्दा एक्कासी हातबाटै परिचय पत्र गायब भयो । त्यसपछि,हातमा मतदाता परिचय पत्र नभएपछि करिब दश मिनेट सास्ती खेप्नुपर्यो, उम्मेद्वार थापाले । ।

साढे आठ बजे मतदान गर्न आउने बताइएपनि नौँ बजे मतदान केन्द्रमा पुगेका उम्मेदवार थापाले अचानक कसरी मतदाता परिचय पत्र हराए ? त्यसपछि केही समयसम्म हल्ली खल्ली मच्च्यिो । भित्रका सुरक्षाकर्मीहरुले खोजतलास गरे पनि परिचय पत्र भेटिएन । मतदान केन्द्रको बिच भागमा उभिएका उम्मेदवार थापा भने मतदाता परिचय पत्र फेला नपरेपछि हाँसिरहेका देखिन्थे । 

यसरी हरायो थापाको परिचय पत्र
हरियो रंगको मत पेटीकामा भोट खसालेका थापाले कसरी परिचय पत्र हराए ? सबैमाझ चासो विषय बन्यो । त्यसपछि उनी नजिकै बसेका एक जना महिला पर्यवेक्षकले अन्तिम निष्कर्ष निकाले । थापाले भोटसँगै परिचयपत्र पनि खसालेका रहेछन् । त्यसपछि तत्काल ४२८४०८१ मतदाता पत्र तयार गरियो । मतदाता परिचय पत्रको २९३ स्थानमा रहेका थापाले केही समयसम्म मतदाता परिचय पत्र खोजतलास गरे पनि भेटिएन । मतदाता परिचय पत्र नभेटिएपछि एक जना सुरक्षाकर्मीले करिब दश मिनेटपछि मतदाता नम्बर उपलब्ध गराएसँगै थापाले बाँकी दुई बाकसमा भोट खसालेका थिए ।

परेवा शत्रु बन्यो
मैतिदेवीको मयुरकुण्डमा उम्मेदवार थापाले परिचय पत्र हराउँदा मतदाता,सुरक्षाकर्मी र पत्रकारहरुलाई भने परेवाले भाग भाग बनायो । मैतिदेवीको मन्दिरभित्र मतदान केन्द्र भएपछि सबै मतदाताहरु लाममा थिए ।

मन्दिरभित्र पिपलको बोटसँगै मन्दिरहरु छन्, जहाँ मतदाता परिचय पत्र लिएर आफ्नो नामावली हेर्न आउँछन् । डोरीले बारेको भन्दार बाहिर बसेका पत्रकार र मतदाताहरु परेवाका कारण छिट–छिटो नामावली हेर्दै भोट खसाल्न गएको देखिन्थ्यो । पिपलको रुखमाथि लहरै बसेका परेवाहरुले पालै पालो विष्ट्याउन थालेपछि मतदाता र पत्रकारहरु हैरानी खेप्नुपरेको हो । केही मतदाताले भने परेवाले गगन थापाको अशुभ गर्यो भन्दै हँसिजाक गरेका थिए । परिचय पत्र हराएका गगन थापालाई ‘परेवा’ अशुभ संकेत भन्दै ठट्टा गरेको सुनिन्थ्यौँ ।

१५ वर्षपछि देश अर्कै बनाइन्छ

मतदान गरिसकेपछि बाहिरिएसँगै पत्रकारहरुसँग गफिएका थापाले आफूमाथि भएको सांघातीक हमलााबारे कुरा गर्न घृणा लागेको बताउँदै १५ वर्षमा देशको विकास गर्ने बताए । आफूले जितेपश्चात् पहिलो लक्ष्य के हो ? भन्ने प्रश्नमाथि बोल्दै थापाले भने,‘धेरै काम गर्नुछ । सम्भवतः संविधान कार्यन्वयन गर्नु नै हामी सबैको प्राथमिक विषय हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *