प्रचण्डले भोट खसालेपछि भने– अब वामपन्थीको सरकार बन्छ, समृद्धिको यात्रा सुरु भयो

मंसिर २१, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भरतपुर महानगरपालिका वडा नम्बर १४, शान्तिपुरस्थित राष्ट्रिय आधारभूत विद्यालय केन्द्रबाट मतदान गरेका छन् । उनले बिहान सात बजे नै भोट हालेका हुन् ।

भोट हालेपछि प्रचण्डले शान्ति प्रक्रियापछि पहिलो पटक आफ्नै वडामा मतदान गर्न पाउँदा आफूलाई खुसी र गर्वको महसुस भएको बताए । उनले देशमा वामपन्थीको नेतृत्वमा सरकार बन्ने र समृद्धीको यात्रामा मुलुक अघि बढ्ने पनि बताए ।

प्रचण्डले सबैलाई ऐतिहासिक चुनावमा सहभागी हुन अपिल पनि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =