आयोगकै कार्यक्रमको व्यस्तताका कारण मुख्य निर्वाचन आयुक्त यादवले मतदान नगर्ने

काठमाडौं, मंसिर २१ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले प्रतिनिधि र प्रदेशसभाको चुनावमा मतदान नगर्ने हुनुभएको छ । यादवले पत्रकारसँगको कुराकानीमा आयोगकै कार्यक्रमको व्यस्तताका कारण आफूले मताधिकार प्रयोग गर्न नसक्ने बताउनुभयो ।

प्रमुख आयुक्त यादवको मतदाता नामावली सप्तरीको राजविराज नगरपालिका वडा नम्बर २ मा रहेको छ । उहाँले स्थानीय तह चुनावमा राष्ट्रिय आधारभुत विद्यालय राजदेवी मतदान केन्द्रबाट पहिलो मतदान गरी मतदानको शुभारम्भ गर्नुभएको थियो ।

यादवले कुराकानीका क्रममा बुधबार अवेर रातिसम्म बैठकमै व्यस्त रहने तथा बिहीबार विमानसमेत बन्द हुने भएकाले मतदान गर्न असमर्थ भएको बताउनुभयो । ‘हेलिकप्टरबाट मताधिकार प्रयोग गर्न सक्ने एउटा सम्भावना चै छ’ उहाँले भन्नुभयो ‘तर, त्यस्तो खर्चालु काम गर्ने पक्षमा म छैन ।’

सुरक्षाको व्यवस्था मजबुत बनाएकाले ढुक्क भएर मतदानस्थलमा जान मतदाताहरुलाई उहाँले आग्रह गर्नुभयो । उहाँले भयरहित वातावरणमा मतदान गर्न पाउने नागरिकको हक संरक्षण हुने गरी सुरक्षाको व्यवस्था मिलाएकाले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *