जन्मदिन मनाएर प्रेमिकाको हत्या

२०७४ जेठ १५ गते

“
काठमाडौं, मंसिर २१ । धरानको भानु चोक नजिकै परेली होटल एन्ड लजमा वेटर काम गर्दै आएकी भावना मगरको बुधबार बिहान हत्या भएको छ ।
मंगलबार धरान–८, भोटेपुलका प्रेमी प्रदीप शंकरसँग जन्मदिन मनाएर होटलको ‘स्टाफ रुम’मा बसेकी भावनाको हत्या गरेको अवस्थामा शव फेला परेको हो । उदयपुर बेलका नगरपालिकास्थित रामपुर ठोक्सिला घर भएकी २४ वर्षीया भावना दुई वर्षदेखि होटलमा काम गर्दै आएकी थिइन् ।
जन्मदिन मनाउन मंगलबार भावना प्रेमीसँगै बगरकोट गएको र राति होटेलमा फर्किएका उनीहरुबीच बिहान ४ बजेसम्म झगडा भइरहेको अर्की कामदार आशा राईले सुनाइन् । प्रेमीले उनको हत्या गरी शव पंखामा झुण्ड्याएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
भावनाको हत्यामा संलग्न अभियुक्त शंकरलाई पक्राउ गरिसकिएको डीएसपी रामेश्वर पौडेलले जानकारी दिए । –अन्नपूर्ण पोस्ट दैनिकबाट
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित