नेपाल युएईसँग ७ विकेटले पराजित

मंसिर २०, काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरण अन्तर्गत पहिलो खेलमा नेपालले युएईसँग ७ विकेटको हार व्यहोरेको छ । नेपालले दिएको २२२ रनको लक्ष्य घरेलु टोली युएईले ४५।५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । टिमको स्कोर ४२ हुँदा युएईले पहिलो विकेट गुमायो ।

अस्फाक अहमद १९ रनमा रनआउट भए । दोस्रो विकेटका लागि युएईका कप्तान रोहन मुस्तफा र घुलमान सब्बरले ८१ रनको साझेदारी गर्दै इनिङ उकासे । मुस्तफा ६२ रनमा शरद भेषावकरको बलमा आउट हुँदा युएईले २२।६ ओभरमा १२३ रन बनाएको थियो ।

त्यसपछि आएका रमिज साहजादले सब्बरसँग मिलेर ६७ रनको साझेदारी गरेपछि युएई जितनजिक पुग्यो । रमिज साहजादले ३७ रन बनाएर आउट सन्दिप लामिछानेको बलमा आउट भए । अविजित खेलेका सब्बरले ८१ रन बनाए भने मोहम्मद उस्मानले १७ रनको अविजित पारी खेले ।

यसअघि युएईको शेख जायद रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषावकरकत्त अर्धशतकीय पारीको सहयोगमा ६ विकेट गुमाएर २२१ रनको योगफल बनायो ।

नेपालका शरद भेषावकरले ८१ रनको सर्बाधिक अविजित पारी खेले, जसको सहयोगमा नेपालले सम्मानित योगफल बनायो । यद्यपी त्यो जितका लागि पर्याप्त भएन । तेस्रो नम्बरमा ब्याटिङमा आएका भेषावकरले ९५ बल खेलेर ५ चौका प्रहार गरे ।

टिमको स्कोर ४३ हुँदा पहिलो विकेटका रुपमा नेपालले १४।५ ओभरमा दिलिप नाथलाई व्यक्तिगत १६ रनमा गुमाएको थियो । नेपालले ८४ रन बनाउँदा दोस्रो विकेट गुमायो । अर्का ओपनर ज्ञानेन्द्र मल्ल अर्धशतकीय पारी खेल्दै ५४ रनमा एलबीडब्ल्यू आउट भए । ८३ बल खेलेका ज्ञानेन्द्रले ६ चौका प्रहार गरेका थिए ।

त्यसपछि आएका कप्तान पारस खड्काले २० रनमात्र जोड्न सके । उनी ३४।२ ओभरमा पेविलियन र्फकँदा नेपालले १२२ रन बनाएको थियो । त्यसको दुई ओभरपछि आरिफ शेख दुर्भाग्यबस रनआउट हुन पुगे । रनले खाता खोल्नै पाएनन् ।

छैटौं नम्बरमा आएका बिनोद भण्डारीले पनि ४ रनमात्र बनाउन सके । सोमपाल कामीले १९ बलमा ३ चौकाको सहयोगमा नेपालको खातामा २० रन जोडे । नेपालका लागि बसन्त रेग्मीले अविजित १४ रन बनाए ।

बलिङतर्फ युएईका जहुर खान २ तथा रहिम मुस्तफा, अहमद राजा र मोहम्मद नभीदले १/१ विकेट लिए । नेपाल र युएईबीचको दोस्रो खेल शुक्रबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *