रुसमाथि प्रतिबन्ध कायम, विन्टर ओलम्पिक खेल्न नपाउने

२०७४ जेठ १५ गते

“
मंसिर २०, काठमाडौं । रुसले आउँदो वर्ष हुने विन्टर ओलम्पिक खेल्न नपाउने भएको छ । अन्तराष्ट्रिय ओलम्पिक कमिटि (आइओसी) ले रुसलाई आउँदो वर्ष हुने विन्टर ओलम्पिकमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
आइओसीको हेडक्वाटर स्वीट्जरल्याण्डको लाउसान्नेमा हुने विशेष बैठकले विन्टर ओलम्पिकमा रुसलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो । तर डोपिङमा दोषी नपाइएका रुसी खेलाडीले भने स्वतन्त्र झण्डा लिएर दक्षिण कोरियामा हुने प्रतियोगितामा भाग लिन पाउने आइओसीका अध्यक्ष थोसम बाचले बताएका छन् ।
रियो ओलम्पिकमा प्रतिबन्ध खेपेको रुसमाथि आउँदो फेब्रुअरी ९ देखि सुरु हुने विन्टर ओलम्पियकमा पनि खेल्न नपाउने भएको हो ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित