काँग्रेस नेताको दबाबमा छुटे सेक्सी मिलन

मंसिर २०, काठमाडौं । चुनावका बेला शान्ति सुरक्षामा असर पार्न सक्ने भन्दै प्रहरीले पक्राउ गरेका गुण्डा नाइके सेक्सी मिलन भनिने मिलन श्रेष्ठ तीनघण्टामै छुटेका छन् । बानेश्वरलाई आधार क्षेत्र बनाएर लामो समयदेखि गुण्डागर्दी, अबैध असुली जस्ता गतिविधि गर्दै आएका मिलनलाई सो क्षेत्रमा ‘सेक्सी’ उपनामले चिनिन्छन् ।

मतदानको अघिल्लो दिन दाजु पक्राउ परेपछि उम्मेदवारले प्रकाशमान सिंहलाई सेक्सी मिलन छुटाउन आग्रह गरेका थिए । सिंहको दबावमा उनलाई कुनै पनि गलत हर्कत नगर्ने बचनपछि छाडिएको प्रहरी स्रोतले जनाएको छ ।

काठमाडौं प्रहरीका प्रवक्ता रामदत्त जोशीले मिलन सेक्सी पक्राउ परेको स्वीकार गरे । तर, उसले कुनै गलत गतिविधि नगर्ने र त्यस्तो गतिविधिको आधार पनि नभेटिएकाले रिहा गरिएको जोशीले बताए ।

प्रहरीले अन्य क्षेत्रमा पनि गुण्डागर्दीमा संलग्न व्यक्तिलाई निगरानीमा राखेको बताएको छ । यसअघि स्थानीय चुनावमा पनि प्रहरीले गुण्डागर्दी गर्ने व्यक्तिहरुलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *