त्रिशूली नदीमा ट्रक खस्दा एकको मृत्यु, २ घाईते

मंसिर २०, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मलेखुनजिकैबाट ट्रक त्रिशूली नदीमा खस्दा एकजनाको घटनास्थलमा नै मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

मृत्यु हुनेमा मकवानपुर, मनहरिका सुरेश थोकर रहेका छन् । घाइतेको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ । वीरगन्जबाट काठमाडौं आउँदै गरेको ना ६ क ९० ८७ नम्बरको ट्रक आज त्रिशूली नदीमा खसेको जनाइएको छ ।

दुर्घटना सम्बन्धि थप बिवरण आउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *