भतिजोले भतिजोलाई देखाएर पिसाब फेरेपछि प्रमोद अस्पताल भर्ना !


“
बर्दिबास । आफूतिर फर्किएर पिसाब फेरेकै निहुँमा महोत्तरीको गौशालामा गएराति १२ बजे राजपा फोरमका कार्यकताले वाम गठबन्धनका कार्यकर्तालाई शरीर हलचल नहुने गरी भकुरेका छन् ।
झडपमा परेर वामगठबन्धनका कार्यकर्ता प्रमोद कुमार महतो अस्पताल भर्ना भएका छन् । सङ्घीय समाजवादी फोरमको तर्फबाट महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका उमेदवार लक्ष्मी महतोका भतिज सचिव महतोलाई हात देखाएर पिसाब फिरेको निहुँबाट सुरु भएको विवादले उग्र रूप लिएसँगै एक आपसमा झडप सिर्जना भएको थियो ।
हाल घाइते महतोको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कुुवेर कडायतले जानकारी गराए । प्रमोद गौशाला नगरपालिका मेयर शिवनाथ महतोका आफ्नै भतिजा रहेको एसपी कुवरे बताए। शिवनाथ महतो माओवादी केन्द्रबाट उमेदवारी दिएर गौशाला नगरपालिको मेयरमा चुनाव जितेका हुन् ।
गौशाला नगरपालिका मेयरका भतिजा प्रमोदले उम्मेदवार महतोको भतिजो सचिव महतोलाई देखाएर पिसाब फिरेको निहुँले दुई पक्षबीच भनाभन सुरु भएको थियो। त्यसपछि सुरु भएको भनाभनले झडपको रप लिएको इलाका प्रहरी कार्यालय गौशालका इन्स्पेकटर भोला भट्टले जानकारी दिए ।
उता,गौशाला नगरपालिका मेयर शिवनाथ महतोले फोरमका कार्यकर्ताले छुरा पनि प्रहार गर्न खोजेको तर पछि प्रहरी आएपछि छुरा लुकाएको प्रहरीलाई बताएका छन् । यसरी आफ्नो कार्यकर्तामाथि राजपा फोरमका कार्यकर्ताले विनाकारण कुटेपछि बाम गठबन्धनले घोर भत्र्सना मात्रै नभई पत्रकार सम्मेलन गर्ने भएको छ ।
“
