ललितपुरमा निर्वाचनको सबै तयारी

ललितपुर, मंसिर २० । ललितपुरमा निर्वाचनको सबै तयारी पूरा भएको छ । सुरक्षाकर्मी र निर्वाचनमा खटिने कर्मचारी सबै मतदानमा आवश्यक सामग्री लिएर सम्बन्धित स्थलमा पुगिसकेको जिल्ला निर्वाचन कार्यालयले बताएको छ ।

एक सय ३१ मतदानस्थलमा नै कर्मचारी पुगिसकेको कार्यालयका प्रमुख सीता साम्बाले बताउनुभयो । एक मतदान केन्द्रमा १० देखि १२ जना कर्मचारी खटिनेछन् । जिल्लाभरका २७७ मतदान केन्द्रमा तीन हजार एक सय कर्मचारी खटिएका छन् । मतदानमा खटिने कर्मचारीलाई विभिन्न तहका तालीम सञ्चालन भएको थियो । उहाँले भन्नुभयो, “मतदाता शिक्षाका लागि स्वयंसेवकलाई तालीम दिएर कार्यालयले वडापिच्छे खटाइएको छ ।”

जिल्लभरमा दुई लाख २८ हजार तीन सय ३८ मतदाता छन् । जिल्लामा प्रतिनिधिसभामा तीन र प्रदेशसभामा छ क्षेत्र छन् । सबैभन्दा बढी क्षेत्र नं ३ मा ८६ हजार चार सय ३९ र सबैभन्दा कम क्षेत्र नं १ मा ६५ हजार ९१८ मतदाता छन् । क्षेत्र नं २ मा ७५ हजार ९८१ मतदाता छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *