मतगणनाको तयारी पनि सँगै, छिटोसक्न टोली परिचालन

काठमाडौं, मंसिर २० । निर्वाचन आयोगले प्रतिनिधीसभा र प्रदेशसभातर्फ प्रत्यक्ष निर्वाचन प्रणालीको मतगणना कार्यतालिका सार्वजनिक गरेको छ । तालिका अनुसार ४ दिन भित्र गणना सकिनेछ । प्रत्यक्ष निर्वाचन प्रणालीको ४ दिन भित्र र समानुपातिकतर्फको ८ दिन भित्रमा मतगणना कार्य सक्ने ब्यवस्था मिलाएको आयोगले जनाएको छ ।

८ दिनभित्र मतगणनाको सम्पूर्ण काम सक्ने आयोगको लक्ष्य रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । यसका लागि आयोगले शिक्षक बाहेकका सरकारी कर्मचारी र मत गणनास्थलको तयारी समेत गरेको जनाएको छ । कर्मचारीहरु बीच २४ घण्टामा ७ घण्टाका दरले ३ सिफ्ट बनाएर मतगणना गरिने छ ।

गत मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा भएको प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनको मतगणना २१ गते ५ बजे पछि शूरु हुने आयोगले जनाएको छ । दोश्रो चरणको निर्वाचनको मतगणना भने मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर राजनीतिक दलबिच सहमती भएपछि मात्र शुरु गरिने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *