मतदाता मतदानका लागि ब्यग्र प्रतिक्षामा, परिचयपत्र वितरण आज पनि

२०७४ जेठ १५ गते

“
काठमाडौं, मंसिर २० । भोलि बिहिबार हुने दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मतदान गर्न मतदाता ब्यग्र प्रतिक्षामा रहेका छन् । हिजोबाट सुरु भएको मतदाता परिचय पत्र वितरण आज पनि जारी रहने भएको छ । ४५ जिल्लाका सबै मतदान केन्द्रबाट परिचयपत्र वितरणको व्यवस्था मिलाइएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जनाएको छ ।
आयोगका अनुसार आजपनि मतदाता परिचय पत्र वितरणको कार्यक्रम रहेको छ । आफ्नो परिचयपत्र लिन आफूले भोट हाल्ने मतदान केन्द्रमा जानुपर्नेछ । आयोगका कर्मचारीहरुले परिचय पत्र वितरणसँगै मतदाता शिक्षा पनि दिनेछन् । एउटै परिवारका सदस्यहरु लिन जान सम्भव नभए परिचय खुल्ने अन्य कुनै कागजात देखाएर आफ्नो घरका सदस्यको परिचय पत्र देखाएर ल्याउन सकिने आयोगले जनाएको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित