भारतसँग जोडिएका सबै नाका सिल

मंसिर १९, काठमाडौं । बिहिबार हुने निर्बाचनको लागि भारत संग जोडिएका सबै नाका सिल गरिएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभाको दोश्रो चरणको निर्बाचन निष्पक्ष तथा भय रहित ढंगबाट सम्पन्न गर्न भारत संग जोडिएका सबै नाका सिल गरिएको हो ।
मुख्य नाकाहरु पशुपतिनगर, रानी–जोगबनी वीरगन्ज–रक्सौलको नेपालगंज– रुपेडिया, धनगढी–गौरीफन्टा लगायतका ठूला–साना सबै नाका मतदानको दिन सम्मको लागि बन्द गरिएको छ । सबै भन्सार तथा नेपाल प्रवेश बिन्दुमा ढाट लगाइ आवत जावतमा रोक पनि लगाईको छ तर अत्यावश्यक सेवाका एम्बुलेन्स र इन्धन बोकेकागाडी भने आउन सक्ने छन् ।

साथै सीमा क्षेत्रमा बसोबास गर्ने तथा पैदल यात्री भने आवत जावत गर्न सक्नेछन् । यसरी आवत जावत गर्ने सर्वसाधारणले आफ्नो परिचय पत्र देखाउनु पर्ने छ भने कडा सुरक्षा जाँच पनि गराउनु पर्ने छ । नेपालको तराइको सबै जिल्लाका साथै पहाड भएर पनि भारत संग जोडिएका इलाम र डडेलधुराका सिमा जोडिएका नाकामा सिल गरिएको छ ।

यसरि सिल गरिएका नाकामा मतदान सुरु हुनु २४ घण्टा अगाडी देखि मतदान सम्पन्न भइ मतपेटिका सुरक्षित स्थानमा नपुगुन्जेल पूर्ण रुपमा बन्द गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *